Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ प्रयोग कम गराउन महानगरपालिकाकाे कार्यक्रम

सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ प्रयोग कम गराउन महानगरपालिकाकाे कार्यक्रम

काठमाडौं : सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ प्रयोग कम गर्दै लैजान काठमाडौं महानगरपालिकाले चरणबद्ध कार्यक्रम गर्ने भएको छ।

पछिल्लो समय सुर्तीजन्य वस्तुको प्रयोग बढिरहेकाले काठमाडौँका सार्वजनिक ठाउँमा सुर्ती र सुर्तीजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक नभई क्रमशः रोक लगाउँदै जाने कामपाको भनाइ छ।

‘स्वस्थ शहर’ कार्यक्रम सञ्चालन गर्ने विश्वका ५० शहरमध्ये काठमाडौँ महानगर पनि एक हो। शहरमा धूमपान तथा सुर्तीजन्य वस्तुको बढ्दो प्रयोग घटाएर स्वस्थ एवं स्वच्छ शहर निर्माण गर्ने उद्देश्यले कार्यक्रम थालनी गर्न लागिएको कामपाका उपप्रमुख हरिप्रभा खड्गीले बताइन्।

नसर्ने रोगको जोखिमबाट मानिसको स्वास्थ्यलाई मुक्त गराउन कामपाले सार्वजनिकस्थलमा धूमपान तथा सुर्तीजन्य वस्तुको नियमनका लागि १८ महिने कार्ययोजना सञ्चालन गरिरहेको छ। धूमपान तथा सुर्तीजन्य पदार्थको प्रयोगले जनस्वास्थ्य, वातावरणमा हानि पुर्याउने तथा आर्थिक, सांस्कृतिक र सामाजिक क्रियाकलापमा समेत प्रत्यक्ष असर पुर्याउने भएकाले यस किसिमको अभियान सञ्चालन गर्न लागिएको महानगरपालिकाले जनाएकाे छ।

कानूनले सार्वजनिक स्थानमा धूम्रपान निषेध गरेको छ, तर व्यक्तिमा कानूनी व्यवस्थाको पालनामा ध्यान गएको छैन। अब अस्पताल, विद्यालयजस्ता क्षेत्र छुट्याएर कुनै एक स्थानमा सुर्तीजन्य वस्तुको बिक्री वितरण तथा उपयोगमा रोक लगाउनुपर्ने र त्यस क्षेत्रमा पूर्ण निषेध भएपछि अन्यत्र स्थानमा गए कार्यान्वयन प्रभावकारी हुने बताइएको छ।

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नसर्ने रोगका प्रमुख पाँच कारणमध्ये धूम्रपान, मदिरापान, अस्वस्थकर आहार र निष्क्रिय जीवनलगायत छन्। अब कामपाले वडाका जनप्रतिनिधिसँगको समन्वयमा टोल र विद्यालयस्तरीय कार्यक्रम पनि चलाउनेछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि