शिक्षा र स्वास्थ्य निःशुल्क गर्न माग
काठमाडाैं : शैक्षिक क्षेत्रका युवा अभियानकर्मीले आम नागरिकका लागि सरकारले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न माग गरेका छन्।
युवा अभियानकर्मीले यहाँ आज पत्रकार सम्मेलन गरी शिक्षा, स्वास्थ र रोजगार जस्ता नेपालीका मौलिक अधिकारबाट कोही पनि नागरिक वञ्चित नहुन् भन्नका लागि निःशुल्क गर्नुपर्ने माग गरेकाे हाे।
‘हामी निरन्तर सडकमार्फत दबाब दिँदै आइरहेको सर्वविदितै छ, हाम्रो माग प्रष्ट छ, स्वास्थ शिक्षा जस्तो अत्यन्तै संवेदनशील क्षेत्र सबै नागरिकको पहुँचमा निःशुल्क र सर्वसुलभ हुनुपर्छ भन्ने नै हो’, पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ।
अभियानकर्मी विजय थापाले नेपालमा मेडिकल कलेजकै अभावमा अध्ययनकै लागि विदेशिनुपर्ने बाध्यात्मक कारणबाट हजारौँ नेपाली प्रताडित भएकाले सरकारले नेपालमा शिक्षामा सबैको पहुँच बारेमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताए।
अध्ययनका सिलसिलामा बङ्लादेश, अष्ट्रेलिया र भारतलगायतका देशमा गएका हजारौँ नेपाली विद्यार्थी अलपत्र भएको बारेमा समेत सरकारको ध्यानाकर्षण गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?