भीमदत्त नगरपालिकामा सेनाकाे स्वास्थ्य शिविर
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले सेनाद्वारा आयोजित एक दिने स्वास्थ्य शिविरमा ४३६ स्थानीयबासीले स्वास्थ्य परीक्षण गराएका छन्।
सेनाको देवीदल गणले मध्यवर्ती क्षेत्रमा पर्ने भीमदत्त नगरपालिका–१९ बागफाँटामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
गणका सेनानी पदम बहादुर क्षेत्रीले शिविरबाट महिला तथा पुरुषले निःशुल्क स्वास्थ्य सेवा लिनुका साथै स्थानीयबासीहरुलाई वन्यजन्तुको संरक्षण, मानव–वन्यजन्तु द्वन्द न्युनीकरण लगायतका विषयमा जनचेतनामुलक कार्यक्रम प्रस्तुत गरेको जानकारी दिए।
शिविरमा आँखा, छाला, नाक, कान, घाँटी, हाडजोर्नी, स्त्रीरोगका बिरामीहरू बढी संख्यामा आएको सेनाले जनाएको छ । सेनाको स्वास्थ्य शिविरलाई श्री नं. २५ फिए, महाकाली अञ्चल अस्पताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय, फार्मेसी संघ लगायतले सहयोग गरेका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?