प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओली साँझ ‘डिस्चार्ज’ भएका छन्। बुधबार बिहान त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए।
नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका उनी चिकित्सकहरूको सल्लाहअनुसार अस्पताल भर्ना भएका थिए। स्वास्थ्य रिपोर्टमा खराबी नदेखिएकाले उनलाई साँझ डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न प्रा.डा. अरुण सायमीले जानकारी दिए।
प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको तर विशेष रेखेदेख र अपस्पतालमा भेट्न आउनेको घुइँचो लाग्ने नदिन उनलाई सीसीयूमा राखिएको उनले बताएका थिए।
पछिल्ला केही घटनाले स्वास्थ्य सिथिल बनेको भन्दै चिकित्सकहरूले प्रधानमन्त्री ओलीलाई अस्पतालमा भर्ना भएर आराम गर्ने सुझाएका थिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण