दाताले बिरामीका लागि दिएकाे रगतमा देखियो एचआईभी
काठमाडौं : रक्तदाताले बिरामीका लागि दिएको रगतमा एचआईभी भेटिएको छ। बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सार्वजनिक गरेको प्रतिवेदनमा उक्त कुरा उल्लेख भएको हो।
प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला अन्तर्गतको रक्तसञ्चार ब्यूरो प्रमुख डा. रेखा मानन्धरले आफूकहाँ आएका ‘स्याम्पल ब्लड’मध्ये एउटामा एचआईभी भेटिएको बताइन्। ‘१२ वटा शंकास्पद भनेर जाँचका लागि आएकोमा एउटामा एचआईभी र अर्कोमा भिरिंगी भएको पत्ता लागेको हो।
सरकारले एक वर्ष अघि रक्तदाताले रगत दान गरेदेखि बिरामीमा चढाउने बेलासम्ममा सम्पूर्ण अध्ययन गर्नका लागि राष्ट्रिय ‘हेमोभिजिलेन्स’ कार्यक्रम शुरु गरेको थियो। उक्त कार्यक्रममा परोपकार प्रसूति अस्पताल र नेपाल क्यान्सर अस्पतालले रक्तसञ्चारबारे सम्पूर्ण रिपोर्ट पठाउने गरेका छन्। यो एक वर्षमा एकहजार दुईसय १० वटा केस रगतको रिर्पोटका लागि आएकोमा १२ वटा शंकास्पद भनी पठाइएको डा. मानन्धरले जानकारी दिइन्।
ती मध्ये १० वटा रगत लिने व् क्तिमा प्रतिक्रिया देखिएपछि पठाइएको थियो । ती सबै रिपार्ट हेर्दा रगतमा कुनै खराबी नभएको पाइएको पनि उनले जानकारी दिइन् । दुइटा केसमा भने एउटामा एचआइभी र अर्कोमा भिरीगी भेटिएको उनको भनाइ थियो ।
राष्ट्रिय हेमोभिजिलेन्स वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक प्रा.डा.हरिशचन्द्र उप्रेतीले रगत जीवन बचाउने ‘इमर्जेन्सी मेडिसिन’ भएकाले यसमा लापरवाही गर्न नहुने बताए। ‘रगत दिनु र लिनु मात्रमा मात्रै यसको काम सकिने होइन’,उनले भने, ‘कसरी दिइन्छ र रगतको गुणस्तर कस्तो छ भन्ने कुरा महत्त्वपूर्ण हो।’
कार्यक्रममा परोपकार प्रसूति गृह थापाथली र नेपाल क्यान्सर अस्पताललाई हेमोभिजिलेन्स कार्यक्रमलाई साथ दिएको भन्दै कदरपत्र प्रदान गरिएको थियोे।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’