सडकमै स्वास्थ्य जाँच, अधिकांश चालकमा उच्च रक्तचापको समस्या
बलेवा : बागलुङका अधिकांश सवारी चालकमा उच्च रक्तचापको समस्या देखिएको छ।
सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले सडकमै गरिएको स्वास्थ्य परीक्षणमा उनीहरूमा उच्च रक्तचापको समस्या देखिएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालयले लामो दूरीका सवारीसाधनका चालकलाई लक्ष्य गरी निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । स्वास्थ्य परीक्षण गर्दा अधिकांश चालकमा उच्च रक्तचापको समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चिरञ्जीवी कोइरालाले बताए।
‘चालकमा देखिएको स्वास्थ्य समस्याका कारण सडक दुर्घटना हुन सक्छ’, उनले भने, ‘उच्च रक्तचाप भएको चालकलाई अस्पताल जान अनुरोध गर्नेबाहेक कुनै पनि कारवाही गर्ने अधिकार प्रहरीसँग छैन’।
प्रहरीले स्वास्थ्यकर्मीको सहायतामा मुटुको चाल, रक्तचाप, आँखाको समस्यालगायतको परीक्षण गर्ने गरेको छ । परीक्षणका क्रममा समस्या देखिएका चालकलाई तत्काल अस्पताल जानका लागि आग्रह गर्ने गरेको भए पनि बेवास्ता गर्ने गरेको कोइरालाले बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण