दार्चुलामा स्वास्थ्य बिमा कार्यक्रम शुरु
दार्चुला : जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम शुरु भएको छ। सोमबार कार्यक्रम गरी सुदूरपश्चिम प्रदेशसभा सदस्य मानबहादुर धामीले स्वास्थ्य बिमा कार्यक्रम घोषणा गरेका हुन्।
स्वास्थ्य बिमा घोषणाका लागि अध्यक्ष रमेशकुमार पोखरेल र बोर्डका सदस्य उमेश दहाल, सुदूरपश्चिम स्वास्थ्य सेवा निर्देशक गुणराज अवस्थीसमेत दार्चुला पुगेका थिए।जिल्लाका करिब २४ हजार घरधुरीमध्ये ७० प्रतिशत घरधुरीलाई स्वास्थ्य बिमा कार्यक्रममा सहभागी गराउने लक्ष्य रहेको क्षेत्रीय निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए।
जिल्लाका ६१ वडामा रहेका नाम दर्ता सहयोगीमार्फत बिमा कार्यक्रममा सहभागी हुन पाइने र २०७६ जेठ १ गतेदेखि निस्शुल्क स्वास्थ्य सेवा लिन सकिने स्वास्थ्य बिमा कार्यक्रममा सुदूरपश्चिम संयोजक जनक साउदले जानकारी दिए।
बिमा कार्यक्रममा सहभागी हुन पाँच जना सदस्य भएको परिवारले २५ सय रुपैयाँ तिर्नुपर्नेछ। यसरी स्वास्थ्य बिमा कार्यक्रममा सहभागी परिवारका सदस्यले ५० हजार बराबरको नि: शुल्क स्वास्थ्य सेवा पाउनेछन्। दार्चुलाका लागि जिल्ला अस्पताल दार्चुला र गोकुलेश्वर अस्पतालमा बिमामा आबद्धहरूलाई नि: शुल्क स्वास्थ्य सेवा प्रदान गर्ने निकाय तोकिएको छ। यी अस्पतालमा उपचार सम्भव नभए रिफर गरिने र अर्को तोकिएको अस्पतालमा नि: शुल्क उपचार हुने व्यवस्था छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण