एड्स भन्दा खतरनाक बन्दै सर्जरी
एड्स, मलेरिया आदि रोगभन्दा सर्जरी खतरनाक भएको एक अनुसन्धानले देखाएकाे छ। रोगबाट बचाउन गरिएको सर्जरीको ३० दिनभित्र गएको वर्ष मात्र करिब ४२ लाख मानिसको मृत्यु भएको तथ्य सार्वजनिक भएको हाे।
अनुसन्धानकर्ताहरूका अनुसार एचआइभी, टीबी तथा मलेरियाजस्ता रोगबाट बर्सेनि २९ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको छ जुन सर्जरीका कारण हुने मृत्युभन्दा धेरै कम हो।
इंग्ल्याण्डको बर्मिङ्घम विश्वविद्यालयमा गरिएको एक अध्ययनका आधारमा याे तथ्य सार्वजनिक गरिएको हो। अनुसन्धानकर्ताहरूका अनुसार विश्वमा बर्सेनि ३१ करोड ३० लाख सर्जरी गरिन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?