Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

माैसमी राेगबाट बच्ने घरेलु उपाय

माैसमी राेगबाट बच्ने घरेलु उपाय

आजभोलि भाइरस वा विषाणुले हुने ज्वरो रुघाखोकी फैलिएको छ। यो साना ठूला बालक,वृद्ध सबैलाई हुनसक्छ। यसमा कुनै जटिलता नभएसम्म एण्टिबायोटिक भनिने साधारणतया ब्याक्टेरिया मार्ने औषधिको कुनै उपयोगिता छैन। उल्टै हानि हुनसक्छ।

पूर्ण विश्राम गर्ने, पचाउन सजिलो राम्रोसित पकाएको मनतातो सादा खानेकुरा मात्र खाने, पर्याप्त मात्रामा उमालेर सेलाएको पानी, अनि ल्वाङ र २–३ मरिच वा थोरै पिप्लाको धुलो र तुलसीका २–४ पात राखेर उमालेको पानी पिउनाले यो छिटो सञ्चो हुन सहयोग पुग्छ।

सजिलै सर्नसक्ने भएकाले अरुलाई जोगाउनका लागि साधारणतया ज्वरो आउञ्जेल अलग्गै बस्ने गर्नुपर्छ। रुघाखोकी सहितको ज्वरोमा घर आँगनकै तुलसीको रस र सबैको भान्सामा हुने अदुवाको रस केही थोपा एक चम्चा महमा मिसाई चाट्नाले पनि धेरै लाभ हुञ्छ। स्वर बसेकोमा बोझाेको जराको सानो टुक्रा चुस्नाले स्वर खुुल्न सहायता पुग्छ।

वसन्त ऋतु र रोगव्याध

वसन्त ऋतु रोघव्याध तेसमा पनि रुघाखोकि ज्वरो, अपच आदि रोगको लागि उपयुक्त समय भएकाले एसबाट बच्ने उपाय गर्नु पर्छ। विशेषगरी जथाभावी आहार–विहार गर्नबाट बचेर हितकारी ताजा र स्वास्थ्यकर कुरा ठीक मात्रामा खाने गर्नु अति आवश्यक छ, यो समयमा।

डा.आचार्यको फेुसबुक स्टाटसबाट

थप समाचार

रायोको सागको फाइदा

रायोको सागको फाइदा

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

बच्चालाई किन आवश्यक छ नियमित मसाज ?

अमलाका अनेक फाइदा

अमलाका अनेक फाइदा

यस्तो छ विरेनुनको औषधीय गुण

यस्तो छ विरेनुनको औषधीय गुण