सातौँ ‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ सम्पन्न, ९ सय बढीले भरे मरणोपरान्त अंगदान गर्ने फारम
चितवनः सामाजिक अभियानसहित चितवन उद्योग संघको चितवन प्रदर्शनी केन्द्रमा जारी ‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो २०१९’ आइतवार सम्पन्न भएको छ ।
तीनदिने एक्स्पोको २५ हजारभन्दा बढीले अवलोकन गरेको आयोजक नेपाल औषधि उत्पादक संघले बताएको छ । आइतवार अन्तिम दिन भएकाले पनि एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता रहेको एक्स्पोका मिडिया संयोजक विप्लब अधिकारीले जानकारी दिए ।औषधि उत्पादन र प्रविधिका क्षेत्रमा भएका विकास, उपलब्धि र नयाँ नयाँ प्रविधिबारे जानकारी दिन पहिलोपटक काठमाडौं बाहिर आयोजित एक्स्पो पूर्णरूपले सफल भएको पनि उनले दाबी गरे ।
सातौं संस्करणको एक्स्पोमा स्वदेशी र विदेशीका गरी दुई सय स्टल रहेका थिए । एक्स्पोमा विभिन्न ३० बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय, १० चिनियाँ कम्पनीको सहभागिता रहेको थियो। प्रत्येक २ वर्षमा आयोजना हुँदै आएको एक्स्पो पहिलोपटक राजधानी बाहिर आयोजना गरिएको हो ।
एक्स्पोको उद्घाटन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले गरेका थिए । एक्स्पोको अर्को महत्वपूर्ण मरणोपरान्त अंगदान सामाजिक अभियानको शुभारम्भ भने उप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गरेका थिए ।
स्वदेशमै उत्पादन भइरहेका र आत्मनिर्भर भइसकेका औषधि सरकारले आयातमा रोक लगाउनुपर्नेमा संघका अध्यक्ष दीपकप्रसाद दाहालले जोड दिएका थिए ।
एक्स्पो विशेषत सम्बन्धित विधाका चिकित्सक, फर्मासिष्ट, स्वास्थ्यकर्मी, उद्यमी, सम्बन्धित विधामा अध्ययनरत विद्यार्थीले अवलोकन गरेका थिए ।
९ सय बढीले भरे मरणोपरान्त अंगदान गर्ने फारम
नेपाल औषधि उत्पादक संघले सातौं नेपाल फर्मा तथा हेल्थ एक्स्पो मार्फत सामाजिक अभियानमा हात अघि बढाएको छ । मरणोपरान्त अंगदान अभियानको शुभारम्भ उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले गरेका थिए । जिउँदोमा रत्तदान,मरेपछि अंगदान भन्ने नाराका साथ शुरु गरिएको अभियानमा ९ सय बढीले साथ दिएका छन्। एक्स्पोमा १ हजार जनालाई मरणोपरान्त अंगदान गर्ने फारम भराउने लक्ष्य आयोजकको थियो। संघका अध्यक्ष दीपकप्रसाद दाहाल आफैले अंगदान गर्ने फारम भरेर सामाजिक अभियानको शुरुवात गरेका थिए ।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य