नर्भिकमा आज कानसम्बन्धी समस्याको निःशुल्क जाँच र परामर्श
काठमाडौं : विश्व सुन्ने दिवसको अवसरमा थापाथलीस्थित नर्भिक हस्पिटलको नाक–कान–घाँटी विभागले आइतबार कानसम्बन्धी समस्याहरूका लागि निःशुल्क जाँच तथा परामर्श सेवा उपलब्ध गराएको छ।
नाक–कान–घाँटी विशेषज्ञहरू प्रा.डा. दिपेन्द्र श्रेष्ठ, डा. रेस्की देव, वरिष्ठ श्रवण विशेषज्ञ विद्वान भुसाललगायतको टोलीले सेवा प्रदान गरिरहेको छ।
श्रवण शक्ति परीक्षण गराउनुपर्ने भएमा सो सेवा समेत निःशुल्क प्राप्त हुने अस्पतालले जनाएको छ। निःशुल्क परीक्षण सेवा प्राप्त गर्नेहरूमध्ये कसैलाई श्रवण यन्त्र आवश्यक परे २० प्रतिशत छुटसहित प्राप्त हुने जानकारी दिइएको छ।
सेवाग्राहीहरूमध्ये यदि कसैलाई शल्यक्रियात्मक उपचार आवश्यक परेमा मार्च महिनाभित्रै शल्यक्रिया गराउँदा बिरामीले शल्यक्रिया शुल्कमा २५ प्रतिशत छुट प्राप्त गर्ने अस्पतालले जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?