Health TV Online
Health TV Online
Health TV Online

बाँकेमा स्वास्थ्य बिमा कार्यक्रम शुरू

बाँकेमा स्वास्थ्य बिमा कार्यक्रम शुरू

बाँके : चालीसौँ जिल्लाका रूपमा बाँकेमा स्वास्थ्य बिमा कार्यक्रम सञ्चालनमा आएको छ। कार्यक्रमका लागि बाँकेमा ८१ जना दर्ता सहयोगी खटाइएको स्वास्थ्य बिमा बोर्डका जिल्ला दर्ता अधिकारी प्रकाश थपलियाले जानकारी दिए।

स्वास्थ्य बिमा परिचयपत्र बनाएर सेवा प्रारम्भ गरिएको उनले बताए। प्रत्येक वडामार्फत नियुक्त गरिएका दर्ता सहयोगीहरुले घरदैलो गरेर सदस्यता दर्ता गर्नेछन्।

स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन चाहने पाँच जना सदस्यसहितको परिवारले बिमा शुल्कबापत प्रत्येक वर्ष दुई हजार पाँच सय रूपैयाँ  र अतिरिक्त सदस्यले ४२५ रूपैयाँका दरले शुल्क बुझाउनुपर्ने व्यवस्था गरिएको छ। बिमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बिमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ।

सरकारले अति विपन्न नागरिकलाई शतप्रतिशत, विपन्नलाई ७५ प्रतिशत तथा गरीबीको रेखामुनि रहेका नागरिकलाई ५० प्रतिशतका दरले बिमा रकमबापतको शुल्क तिरिदिने व्यवस्था छ। बोर्डले स्वास्थ्य बिमा कार्यक्रमबारे दर्ता सहयोगी, स्वास्थ्यकर्मीलगायतलाई अनुशिक्षण दिएर कार्यक्रम शुरु गरेको दर्ता अधिकारी थपलियाले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार