Health TV Online
Health TV Online
Health TV Online

घरमै बच्चा जन्माउँदा सुत्केरीकाे मृत्यु

घरमै बच्चा जन्माउँदा सुत्केरीकाे मृत्यु

लमही : घरमै बच्चा जन्माउँदा दाङमा एक किशोरीको मृत्यु भएको छ। राजपुर गाउँपालिका–७ लैबरुवा निवासी १७ वर्षीया शिवा केसीको घरमै बच्चा जन्माएपछि उनको निधन भएको हो।

शनिबार दिउँसो १२ बजे घरमै बच्चा जन्माएकी केसीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको राजपुर स्वास्थ्यचौकीका निमित्त प्रमुख खिमबहादुर रावतले जानकारी दिए। ‘दिउँसो १२ बजे बच्चा जन्मिएको परिवारले हामीलाई जानकारी दिए, बच्चा घरमै जन्मिएकाले होला, त्यसपछि साल अड्किदा अत्यधिक रक्तस्राव भएको अवस्थामा साँझ ५ बजे स्वास्थ्यचौकी ल्याइएको थियो’, उनले भने, ‘अन्तिम अवस्थामा स्वास्थ्यचौकीमा ल्याइएकाले सामान्य सलाइन चढाएर हामीले घोराही पठाएका थियौँ।’

सुत्केरीलाई थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो तर त्यहाँ पुग्नसाथ शनिबार साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

व्यथा लाग्नसाथ स्वास्थ्यचौकी ल्याएको भए यस्तो स्थिति हुने थिएन होला तर अत्यधिक रक्तस्राव भएर बेहोस भएपछि मात्रै अस्पताल ल्याइएको निमित्त प्रमुख रावतले बताए। साल अड्किएकाले उत्यधिक रक्तस्राव भएको र त्यही कारणले सुत्केरीको मृत्यु भएको र शिशुको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार