स्वास्थ्य संस्थामा डिपो र कण्डम अभाव
लहान : सिरहाको सुखीपुर नगरपालिकास्थित स्वास्थ्य संस्थामा महिलाको परिवार नियोजन अस्थायी साधन ‘डिपो’ र पुरुषले प्रयोग गर्ने कण्डम अभाव भएको छ।
स्वास्थ्य संस्थाबाट निःशुल्क रूपमा महिलाले प्रत्येक तीन महिनाका लागि अस्थायी साधनको रूपमा लगाउने गरेको डिपो खोप र पुरुषले प्रयोग गर्ने कण्डम अभाव भएको हो।
कण्डम, पिल्सजस्ता अरू पनि अस्थायी साधन भए पनि परिवार नियोजनका लागि अधिकांश दम्पतीले डिपो प्रयोग गर्दै आएका छन्। सुखीपुर क्षेत्रमा हरेक तीन महीनामा एक हजार २०५ महिलाले डिपो र प्रतिमहिना २०० भन्दा बढी पुरुषले कण्डम प्रयोग गर्दै आएको स्वास्थ्य चौकी सुखीपुरले जनाएको छ।
एक महिनाअघि नै डिपो सकिएपछि आफूले नआएसम्मका लागि पसलबाटै खरिद गरेर कण्डम प्रयोग गर्न सल्लाह दिएको स्वास्थ्य चौकी सुखीपुरका प्रमुख भुपेश रतन यादवले बताए।
नवविवाहिता बाहेकका अधिकांश महिलाले कण्डम र चक्कीको साटो डिपो खोप लगाउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ। कण्डम बालबालिकाले भेट्ने, फुक्ने र कण्डम प्रयोग गरेको घरपरिवारका सदस्यले थाहा पाउने भएकाले लोकलाजका कारण महिला र पुरुष कण्डमको साटो डिपोप्रति आकर्षित भएका छन्।
एक पटक लगाए तीन महिना ढुक्क हुने भएकाले पछिल्ला दिनमा धेरै दम्पतीको रोजाइ डिपो हुने गरेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?