प्रधानमन्त्रीकाे आश्वासनपछि सरकारी चिकित्सककाे आन्दोलन स्थगन
काठमाडाैं : कर्मचारी समायोजनमा असन्तुष्ट सरकारी चिकित्सकहरूले आन्दोलनका कार्यक्रम स्थगन गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले माग सम्बोधन गर्ने आश्वासन दिएपछि आन्दोलन स्थगन गरेको विज्ञप्तिमार्फत जानकारी गराइएकाे हाे।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गोदानले उठान गरेका माग सम्बोधन गर्न पहल गर्ने आश्वासन दिएपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिइएको गोदानद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल तथा गोदानका पदाधिकारीबीच शनिबार छलफल भएको गोदानका अध्यक्ष डा. दीपेन्द्र पाण्डे र महासचिव डा. रवीन खड्काद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
समायोजन प्रक्रियामा सरकारी चिकित्सकलाई संघ अन्तर्गत नै राख्नुपर्ने, स्थानीय तह र प्रदेश तहमा कार्यरत चिकित्सकको वृत्ति विकास रोकिन नहुने लगायतका माग उठान गर्दै गोदान आन्दोलनरत् रहेको थियो।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण