औषधि उत्पादनमा आत्मनिर्भर हुन नीतिगत व्यवस्था : मन्त्री यादव
चितवन : स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नेपाललाई औषधि उत्पादनमा आत्मनिर्भर बनाउन सरकारले नीतिगत व्यवस्था गरेको बताएका छन्। चितवनमा जारी सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पोअन्तर्गत ‘मरणोपरान्त अंगदान’ कार्यक्रम आरम्भ गर्दै मन्त्री यादवले औषधि उत्पादमा नेपाल विस्तारै आत्मनिर्भर बन्दै गएको बताए।
उनले अब ३ वटा महत्वपूर्ण नीतिगत निर्णय चाँडै कार्यान्वयनमा आउने जानकारी दिए। यादवका अनुसार नेपालमै उत्पादन भएका औषधिले नेपालको माग धान्न सक्ने अवस्थाको औषधि विदेशबाट आयात गर्न प्रतिबन्ध गरिने छ। त्यसका लागि औषधि आयतकर्ता लगायत सम्बन्धित पक्षलाई निर्णय कार्यान्वयनका लागि केही समय दिइने उनले बताए। ‘तर गुणस्तरमा कुनै सम्झौता हुने छैन’, मन्त्री यादवले भने।
यस्तै नेपाली औषधि उद्योगले उत्पादन गरे पनि पर्याप्त नभएको औषधि बजारको माग अनुसार मात्रै आयात गरिने छ। जसले उत्पादन भएका औषधिलाई बजारको समस्या नपर्ने मन्त्री यादवको भनाइ छ।
‘आत्मनिर्भर बन्दै गएको औषधि उत्पादक उद्योगलाई पूर्ण आत्मनिर्भर बनाउन कच्चापदार्थ पनि एक महत्वपूर्ण पक्ष हो’,मन्त्री यादवले भने, ‘अब कच्चा पदार्थ पनि नेपालमै उत्पादन गर्नुपर्छ, यसका लागी चाँडै सुखद निर्णय गरिने छ।’
यस्तै चितवनमै भएकाो अर्को एक कायमन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको बताएका छन्। अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिले स्वास्थ्य क्षेत्र बर्बाद भएको धारणा राखे। उनले देशका धेरै अस्पताललाई नेताहरूले बिगार्ने काम गरेको आरोप लगाए।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’