चितवनमा सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९ शुरु
चितवन : सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्पो २०१९ शुरु भएको छ। एक्स्पो उद्घाटन गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले औषधि उत्पादनमा नेपाल आत्मनिर्भर हुनुपर्ने बताए।
सातौँ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो २०१९ को उद्घाटन गर्दै मन्त्री यादवले सबै पक्ष मिलेमा देश चाँडै औषधिमा आत्मनिर्भर बन्न सक्ने तर्क गरे। उनले सरकार औषधि उद्योगको विकासका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए।
कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष उमेशराज श्रेष्ठले सरकारले औषधि उद्योगलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले स्वदेशमा उत्पादित औषधिलाई सहज रुपमा बजारीकरण गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए।
औषधि विभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमा १० हजार ब्राण्डका औषधि बन्ने बताउँदै ४५ प्रतिशत माग नेपालको उत्पादनले धानेको जानकारी दिए।
औषधि उत्पादक संघका अध्यक्ष दीपकप्रसाद दाहालले सरकारले नेपाली उद्योगको विकास विस्तारमा सहयोग गरे पाँच वर्षभित्र नेपाल औषधिमा ८० प्रतिशत आत्मनिर्भर हुने बताए। उनले भारतमा औषधि उद्योगलाई ३५ भन्दा बढी शीर्षकमा सहयोग हुने उदाहरण दिए।नेपाली उद्योगलाई सहयोग गर्न सरकारसँग उनले आग्रह गरे।
तीन दिन चल्ने एक्पोमा २०० स्टल छन्। स्टलहरुमा औषधि, औषधि उत्पादनका लागि आवश्यक पर्ने उपकरणलगायत राखिएको छ । मरणोपरान्त अङ्गदान गर्ने व्यवस्थासमेत मिलाइएको संघका अध्यक्ष दाहालले जानकारी दिए।
नेपालमा हाल ५३ एलोपेथिक औषधि उद्योग सञ्चालनमा छन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’