सुत्केरी हुन अस्पताल जाने यातायात खर्च वडाले बेहाेर्ने
काभ्रे : नमोबुद्ध नगरपालिका–४ वडा कार्यालयले आफ्ना वडाका गर्भवतीलाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने भएको छ।
गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन प्रेरित गर्ने उद्देश्यले यातायात खर्च दिने निर्णय गरिएको वडाध्यक्ष उद्धवप्रसाद काफ्लेले बताए। ‘गर्भवती महिलाले अस्पतालमा शिशुलाई जन्म दिँदा आमा र बच्चा दुवैको जोखिम न्यून हुन्छ, त्यसैले अब सुरक्षित सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिन्छौँ’, उनले भने।
वडाले गर्भवती महिलाले चाहेको जुनसुकै अस्पताल जाँदाको एम्बुलेन्स वा एम्बुलेन्ससरहको भाडा दिने निर्णय गरेको हो। यसका लागि वडाले हाल एक लाख ५० हजार रूपैयाँको कोष बनाएको छ।
नगरपालिका स्वास्थ्य समितिका संयोजक रहेका वडाध्यक्ष काफ्लेले आउँदो आर्थिक वर्ष नगरका अन्य सबै वडामा सुरक्षित सुत्केरी कोष निर्माण गरी सुत्केरी महिलालाई यातायात खर्च दिने योजना बनाएको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण