‘सुरक्षितरूपमा गर्भपतन गराउन जनचेतना आवश्यक’
डोटी : सुरक्षितरूपमा गर्भपतन गराउन जनचेतना अभिवृद्धि गर्न सरोकारवाला निकायले जोड दिएका छन्। आईपास नेपालको सहयोगमा जिल्ला समन्वय समिति डोटीले सिलगढीमा आयोजना गरेको परियोजना सल्लाहकार समितिको बैठकका सहभागीले जनचेतनामूलक कार्यक्रम बढाउनुपर्ने बताएका हुन्।
दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले असुरक्षित गर्भपतनका कारण महिलाले नै जोखिम मोल्नुपर्ने अवस्था रहेको बताइन्। ‘गर्भपतन भन्ने बित्तिकै महिलाको सवाल हो, तर पुरुष पनि जिम्मेवार हुनुपर्छ’, उनले भनिन्, ‘पुरुषको सहमति नहुँदा महिलाले स्वेच्छाले केही गर्न सक्दैनन्, पुरुषकै दबाब र करकापमा परी महिला गर्नपतन गराउन बाध्य छन्।’
गर्भपतनलाई सुरक्षित बनाउन र सकभर परिवार नियोजनका साधन प्रयोग गरी गर्नपतन गराउनु हुँदैन भन्ने सन्देश दिन आवश्यक रहेको डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए।
जिल्लामा निजी मेडिकलबाट गर्भपतन गराउने औषधि सहजै पाइने भएकाले त्यसको रोकथाम गरिनुपर्ने सहभागीको माग थियो। औषधि खाँदा अरूले थाहा नपाउने, समय थोरै लाग्ने र सहजरूपमा पाइने भएकाले मेडिकलमा गई अवैधरूपमा गर्भपतन गराउनेको सङ्ख्या बढेको जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए।
जिल्ला स्वास्थ्य कार्यालय डोटीको तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा मात्र करिब एक हजार ८९ महिलाले स्वास्थ्य संस्थामा गर्भपतन गराएका छन्। जसमध्ये जिल्ला अस्पतालबाटै गर्भपतन गराउने ३८३ छन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य