प्रदेश प्रमुख मल्ललाई थप उपचारका लागि दिल्ली लगिँदै
काठमाडौं : स्थास्थ्यमा सुधार नआएपछि सुदूरपश्चिम प्रदेशका प्रमुख मोहनराज मल्ललाई थप उपचारका लागि बिहीबार भारतको नयाँ दिल्ली लगिँदै छ।
एयर एम्बुलेन्समार्फत प्रदेश प्रमुख मल्ललाई नयाँ दिल्लीको गुडगाउँ स्थित मेदान्त अस्पताल लैजान लागिएको उनका प्रेस संयोजक गजेन्द्र ओझाले जानकारी दिइएको छ। एअर एम्बुलेन्सबाट नयाँ दिल्ली लग्न लागिएको हो।
स्थास्थ्यमा समस्या आएपछि प्रदेश प्रमुख मल्ललाई सुदूरपश्चिम प्रदेश सरकारको पहलमा फागुन ५ गते हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो। छातीमा गम्भीर सङ्क्रमण देखिएको चिकित्सकले बताएका छन्।
शिक्षण अस्पतालमा उपचाररत उनलाई चिकित्सकको सल्लाहमा थप उपचारका लागि नयाँ दिल्ली लग्न लागिएको हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?