Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

इराकमा स्वास्थ्यकर्मीमाथिकाे आक्रमण बढ्दाे

इराकमा स्वास्थ्यकर्मीमाथिकाे आक्रमण बढ्दाे

इराकमा स्वस्थ्यकर्मीहरूमाथि भएको हिंसात्मक आक्रमणको विश्व स्वास्थ्य संगठनले निन्दा गरेको छ।

विश्व स्वास्थ्य संगठनले जारी गरेको विज्ञप्तिमा यस्ता आक्रमणबाट स्वास्थ्यकर्मीलाई बचाउन तथा सुरक्षाको प्रत्याभूति गर्न आग्रह गरिएको छ।

इराकको उत्तरी प्रान्त किर्कुकको अजादी शिक्षण अस्पतालमा ७० वर्षकी एक वृद्धाको उपचारका क्रममा स्वास्थ्यकर्मीमाथि सांघातिक आक्रमण भएको थियो।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यजस्तो यस्तो संवेदनशील क्षेत्रमा काम गर्ने नागरिकका लागि सुरक्षाको प्रबन्ध गर्न एक विज्ञप्तिमार्फत माग गरेको छ।

स्वास्थ्य सुविधाबाट वञ्चित महिला र बालबालिकाको उपचारका लागि मंगलबार इराकको उत्तरी क्षेत्रमा औषधिसहित पुगेका स्वास्थ्यकर्मीमाथि आक्रमण भएको थियो।

इराकमा सन् २०१८ मा मात्र कम्तीमा ४२ ओटा यस्ता आक्रमणका घटना भएका छन् जसमा करिब ४० प्रतिशत स्वास्थ्यकर्मी रहेका छन्।

स्वास्थ्यकर्मीलाई इराकका जुनसुकै क्षेत्रमा स्वास्थ्य उपचारका लागि खट्न, औषधि पुर्याउन र अरु क्षेत्रमा पनि लैजान दिन विश्व स्वास्थ्य संगठनले माग गरेको छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि