हर्ब्स एक्स्पो २०१९ शुक्रबारदेखि काठमाडाैंमा
काठमाडाैं : गुणस्तरीय जडीबुटीको दिगोरूपमा अन्तर्राष्ट्रिय बजारमा प्रोत्साहन गर्ने उद्देश्यले ‘आठौँ नेपाल हर्ब्स एक्स्पो–२०१९’ शुक्रबारदेखि हुने भएको छ।
नेपाल हर्ब्स तथा हर्बल उत्पादक सङ्घले बुधबार पत्रकार सम्मेलन गरी फागुन १७ गते शुक्रबारदेखि आइतबारसम्म काठमाडौँस्थित ठमेलको छाया सेन्टरमा मेला शुरु हुने जानकारी दिएको हो।
सङ्घका अध्यक्ष गोविन्द घिमिरेले मेलामा नेपालको हिमालदेखि तराईसम्म पाइने कृषि, जैविक उत्पादन र अन्य उत्पादनसँगै प्रविधि र गुणस्तरसम्बन्धी जडीबुटीको सचित्र जानकारी दिने ५० वटा आकर्षक कक्ष राखिने जानकारी दिए। मेलामा चार कक्ष नेपालबाहिरका उद्यमी र खरीदकर्ताको हुनेछ।
‘गुणस्तरीय जडीबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार’ भन्ने मूल नारासहित आयोजना गर्न लागिएको मेलामा सम्बन्धित विभिन्न विषयमा गोष्ठी तथा अन्तर्क्रिया गरिनेछ।
नेपालमा पाइने झण्डै सात हजार प्रजातिका वनस्पतिमध्ये ७०० प्रजातिका जडीबुटी र औषधिजन्य वनस्पति पाइन्छ। जडीबुटीको व्यवसायले नेपालका करीब ८० प्रतिशत मानिसको जीविकोपार्जनमा प्रत्यक्ष सरोकार राख्छ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य