सरकारी चिकित्सकको आन्दोलन तीन दिनका लागि स्थगन
काठमाडौं : कर्मचारी समायोजको विरोधमा सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरूले संघर्षका कार्यक्रम तीन दिनका लागि स्थगन गरेका छन्।
नेपाल सरकारी चिकित्सक संघले बुधबार विज्ञप्ति निकालेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत सातजनाको निधनले मर्माहत बनाएको भन्दै आन्दोलनका कार्यक्रम तीन दिनका लागि स्थगन गरेको हो।
‘यस राष्ट्रिय शाेकको घडीलाई मध्येनजर गर्दै यो संघ तीन दिनका लागि आफ्नो कार्यक्रमहरू स्थगन गर्दै शाेकाकुल परिवार, समाज र राष्ट्रलाई धैर्यधारण गर्न र वहाँहरूको पुण्य आत्माको शान्तिको कामना गर्दछ’, अध्यक्ष डा दीपेन्द्र पाण्डे र महासचिव डा. रविन खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘साथै राज्यलाई थप वार्ता, छलफल र सहमतिबाट नै समस्याको समाधान निकालेर आइतबारसम्ममा अप्रिय आन्दोलन रोज्नै नपर्ने गरी ठोस पहल गर्न यो संघ अपिल समेत गर्दछ।’
संघको आन्दोलनबाट हुन जाने सम्पूर्ण समस्याको जिम्मेवारी सहमति गरेर कार्यान्वयन नगरेको स्वास्थ्य मन्त्रालयले नै लिनुपर्ने पनि संघले जनाएकाे छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?