सिंहदरबारमा सञ्चालित हेल्थ डेस्कमा पाैने तीन हजार कर्मचारीले गराए स्वास्थ्य परीक्षण
धेरैमा तनाव, टाउकाे र ढाड दुख्ने समस्या
काठमाडौं मुलुककाे संघीय प्रशासन केन्द्र सिंहदरबारमा सञ्चालित हेल्थ डेस्कमा पाैने तीन हजार कर्मचारीले स्वास्थ्य परीक्षण गराएका छन्।
सिंहदरबारमा कार्यरत करिब सात हजार कर्मचारीलाई लक्ष्य गरी खोलिएको हेल्थ डेस्कमा एक वर्षको अवधिमा दुई हजार सात सय ५० कर्मचारीले स्वास्थ्य परीक्षण गराएकाे प्रमुख दिपक मुडभरीले जानकारी दिए।
कर्मचारीहरूमा तनाव बढ्ने, टाउको दुख्ने समस्या पाइएको छ। कर्मचारी लामो समय एकै ठाउँमा बसेर काम गर्ने हुनाले ढाड दुख्ने समस्या पनि धेरै देखिएको मुडभरीले बताए। उनीहरूले नियमित स्वास्थ्य परीक्षण नगर्ने, समयमा खानपिन नगर्ने र शारीरिक व्यायाम नगर्ने पाइएकाे उनकाे भनाइ छ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको कार्यालयमा रहेको तीन कोठासहितको हेल्थ डेस्क कक्ष वीर अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीबाट सञ्चालित छ। हेल्थ डेस्कमा वीर अस्पतालका एक चिकित्सक, एक स्वास्थ्यकर्मी, एक अनमी र एक कार्यालय सहयोगी कार्यरत छन्।
हेल्थ डेस्कमा चाहिने औषधि भने उपलब्ध नभएकाे कर्मचारीको गुनासो छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण