Health TV Online
Health TV Online
Health TV Online

रामपुर अस्पताललाई उपचार सामग्री सहयाेग

रामपुर अस्पताललाई उपचार सामग्री सहयाेग

पाल्पा : रामपुर अस्पताललाई उपचारका लागि आवश्यक पर्ने सामग्री सहयोग प्राप्त भएको छ।

इस्लामिक सक्रिय युवा समाज रामपुर पाल्पा र ह्युमन डेभेलपमेण्ट एकेडेमी पाल्पा एकाइद्वारा अस्पताललाई हेल्पिङ हेण्ड फर रिलाइफ एण्ड डेभेलपमेण्टको आर्थिक सहयोगमा उपचारका लागि आवश्यक सामग्री प्रदान गरिएको हो।

मंगलबार कार्यक्रम गरी समाजले पाँच लाख ३० हजार ६८० मूल्य बराबरको सामग्री नगरपालिका प्रमुख रमणबहादुर थापा, उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य र अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको हो ।

सामग्री बुझ्दै नगरप्रमुख थापाले बिरामीको उपचारमा ठूलो सहयोग पुग्ने भएकाले सामानको सदुपयोग गर्न अस्पताल प्रशासनलाई अनुरोध गरे।

स्ट्यान बेसिन, सिरिन्ज, सर्जिकल सामग्री तथा वैशाखी, बेडकभर, सिरानीलगायतका ३२ प्रकारका सामग्री प्रदान गरिएको छ। अस्पतालको  सेवा थप प्रभावकारी बनाउन सामग्री प्रदान गरिएको इस्लामिक सक्रिय युवा समाजका अध्यक्ष माेहम्मद इब्राहिमले बताए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार