सेनाको सर्पदंश उपचार केन्द्रबाट साढे पाँच सयले लिए सेवा
कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ ले सेवा लिएका छन् ।
अर्जुनीमा सञ्चालित सो केन्द्रबाट चालू आर्थिक वर्षको हालसम्ममा १७४ बिरामीले सेवा लिएको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिए।
नेपाली सेनाको प्राविधिक सहयोगमा सञ्चालित सो केन्द्रमा केही समयअघि आवश्यक औषधि अभाव रहे पनि हाल उपचारका लागि कुनै पनि समस्या नरहेको केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रकुमार कार्कीले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?