Health TV Online
Health TV Online
Health TV Online

हात्तीपाइलेविरुद्वको औषधि सेवन अभियानको तयारी

हात्तीपाइलेविरुद्वको औषधि सेवन अभियानको तयारी

गलकोट : बागलुङमा यो वर्ष पनि दशौँ चरणको हात्तीपाइलेविरुद्वको औषधि सेवन अभियानको तयारी थालिएको छ।

यही १५ गतेदेखि दशौँ चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको छ। दशौँ चरणमा सो औषधि यसपटक भने स्वास्थ्यकर्मीले नै खुवाउने भएका छन्।

गत वर्षदेखि जिल्लामा हात्तीपाइले रोग निवारण गर्ने भनिएकाे थियाे। यस वर्ष जिल्लाको बडिगाड गाउँपालिका–५ ग्वालीचौरमा ३१० को नमूना परीक्षण गर्दा हात्तीपाइलेको जिवाणु नपाइए पनि बागलुङ नगरपालिका–१४ नारायणस्थानमा ३१० को नमूना परीक्षण गर्दा १४  संक्रमित फेला परेका थिए। सङ्क्रमित भेटिएपछि हात्तीपाइलेविरुद्धको औषधि खुवाउनुपरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशाासक दीपकप्रसाद तिवारीले बताए।

‘जिल्लामा अझै पनि हात्तीपाइले रोगको जोखिम छ’, उनले भने। हात्तीपाइले रोग निवारणका लागि बर्सेनि ठूलो रकम खर्च हुन्छ। देशभरका ६१ जिल्लामा थालिएको अभियान अझै १५ जिल्लामा जारी छ। गण्डकी प्रदेशमा बागलुङसहित पर्वत र लमजुङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान शुरु हुँदैछ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार