‘सुत्केरीमा जटिल समस्या देखिए हवाइ उद्धार’
पोखरा ः गण्डकी प्रदेशले गर्भवती सेवाअन्तर्गत सुत्केरी हुने क्रममा देखिने जटिल समस्या समाधान गर्न हवाइ उद्धारलाई प्राथमिकता दिएको छ। सामाजिक विकास मन्त्रालयले कार्यविधि स्वीकृत गरी त्यसका लागि आर्थिक वर्ष २०७५\०७६ २० लाख रूपैयाँ विनियोजनसमेत गरेको छ ।
गत हप्तामात्र उच्च रक्तचापका कारण मस्तिष्क तथा मिर्गौलामा समस्या देखिएकी एक महिलालाई सुत्केरी गराउन कठिन भएकाले यहाँस्थित मणिपाल शिक्षण अस्पतालबाट हवाई उद्धार गरेर काठमाडौँ पठाइएको उक्त मन्त्रालयका सूचना अधिकृत तथा वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रकाशराज शर्माले जानकारी दिए।
यस प्रदेशका जिल्लाबाट पोखराका सुविधसम्म अस्पतालमा कति गर्भवतीको हवाई उद्धार गर्नुपर्छ भन्ने यकिन तथ्याङ्क मन्त्रालयसित नभए पनि विशेषगरी मनाङ, मुस्ताङ, गोरखा, म्याग्दी, लमजुङ, पर्वत र बागलुङका माथिल्ला क्षेत्रबाट गर्भवतीलाई हवाई उद्धार गर्नुपर्ने बताइन्छ।
सूचना अधिकृत शर्माले प्रदेशअन्तर्गतका सबै जिल्लाका सबै वडातहसम्म बर्थिङ सेन्टर स्थापना गर्ने लक्ष्य मन्त्रालयको रहेको बताउनुभयो । बर्थिङ सेन्टर स्थापनाका लागि एक करोड ९९ लाख रूपैयाँ विनियोजन गरिएको छ ।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?