तुलसीपुरमा १२ प्रतिशतमा हात्तीपाइलेको संक्रमण
लमही : दाङकाे तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ। राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्यक्तिमा हात्तीपाइलेको संक्रमण देखिएको बताए।
यही फागुन १५ गतेदेखि १८ गतेसम्म दाङका १० वटै स्थानीय तहमा हात्तीपाइलेविरुद्धको औषधि खुवाइने कार्यक्रम छ। सोहीअनुसार तुलसीपुर उपमहानगरपालिकामा पनि तयारी पूरा भएको छ । यसअघि हात्तीपाइलेविरुद्धको औषधि खुवाए पनि रोगीको सङ्ख्या न्यूनीकरण हुननसकेको भन्दै दाङमा नवौँपटक हात्तीपाइलेविरुद्धको औषधि खुवाउन लागिएको हो।
दुई वर्षभन्दा कम उमेरका बालबालिका, गर्भवती, सात दिनसम्मका सुत्केरी, सिकिस्त बिरामी, छारेरोगका बिरामीबाहेक अन्य सबैलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइनेछ। सबैले हात्तीपाइलेविरुद्धको औषधि सेवन नगर्दा दाङमा हात्तीपाइलेका बिरामी घट्न नसकेको दाहालको भनाइ छ।
हात्तीपाइलेविरुद्धको औषधि खुवाउन तुलसीपुर उपनगरपालिकामा ९५ स्वास्थ्यकर्मी खटाइएको छ। स्वास्थ्य शाखा प्रमुख दाहालका अनुसार प्रत्येक वडामा पाँच\पाँच स्वास्थ्यकर्मी खटाइएको छ । सो कार्यका लागि रु ११ लाख २७ हजार बजेटको व्यवस्था गरिएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण