गाेदानकाे ‘अल्टिमेटम’ आज सकिँदै, एनएमए र एनडीएएनकाे पनि ऐक्यबद्धता
काठमाडौं : समायोजन प्रक्रियाको विरोधमा आन्दोलन गरिरहेको सरकारी चिकित्सक संघ नेपाल (गोदान)ले आफ्ना माग पूरा गर्न सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम मंगलबार सकिँदैछ।
यो अवधिभर माग सम्बोधन नभए बुधबारदेखि अस्पतालहरूमा अनिश्चितकालीन सेवा बहिस्कार(आकस्मिक बाहेक) संघले दिएको छ।
यसैबीच नेपाल चिकित्सक संघ (एनएमए) र राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन)को सरकारी चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाएका छन्।
दुवै संस्थाले सोमबार अपराह्न विज्ञप्ति जारी गरी आन्दोलनमा समर्थन जनाएका हुन्। उनीहरूले सरकारी चिकित्सकले उठाएको माग तत्काल पुरा गर्न समेत सरकारसँग अनुरोध गरेका छन्।
नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग पूरा गर्नका लागि चिकित्सकहरूले सेवा बहिस्कार गर्नेसम्मको आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनु दुःखद रहेको भन्दै राज्यले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने बताइएकाे छ।
यस्तै राष्ट्रिय चिकित्सक संघका महासचिव डा. रमेश ढकालद्वारा जारी विज्ञप्तिमा समायोजनको विषयलाई लिएर गोदानले गरेको आन्दोलन र स्वास्थ्य मन्त्रालयमा पटक पटक भएको बार्ता निस्कर्षविहीन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?