कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीनमा प्रा.डा. राना नियुक्त
काठमाडौं : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको डीन पदमा प्रा.डा. रेशमबहादुर राना नियुक्त भएका छन्। प्रतिष्ठान ऐन, २०६८ अनुसार प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजेन्द्रराज वाग्लेले हालै रानालाई सो पदमा नियुक्ति गरेका प्रतिष्ठानले जनाएको छ।
स्वास्थ्य सहायक पदबाट स्वास्थ्य सेवा शुरु गरेका रानाले चिकित्सा शिक्षाअन्तर्गत स्नातक, स्नाकोत्तर तथा विद्यावारिधि पूरा गरेका छन्। विभिन्न जिल्लामा स्वास्थ्य सेवा गरेका राना वीर अस्पताल सेवा तथा चिकित्सा शिक्षा अध्ययन प्रतिष्ठान (न्याम्स) मा अध्यापन गर्छन्।
यसअघि प्रतिष्ठानले प्रतिष्ठानअन्तर्गत स्त्रीरोग विभागको प्रमुखमा प्रा. डा. किरण रेग्मीलाई नियुक्ति गरेको थियो। रेग्मी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पूर्वसचिव हुन्।
यस्तै डा. सुनिल बुढाथोकी र डा कमल शर्मालाई बालरोग विभागमा नियुक्ति गरिएको छ। त्यसैगरी प्रतिष्ठानले एमडिजिपी कार्यक्रमको संयोजकमा यसअघि नै डा. तरुण पौडेललाई नियुक्ति गरेको थियो। प्रतिष्ठानले सोही कार्यक्रमका लागि डा. भोलाराम श्रेष्ठलाई नियुक्तिको तयारी गरिँदैछ।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य