चालू हालतको पुरानो एम्बुलेन्स थन्क्याएर नयाँ किन्ने तयारी
गुल्मी : सत्यावती गाउँपालिकाले चालू हालतको पुरानो एम्बुलेन्स थन्क्याएर नयाँ किन्ने तयारी गरेको छ।
६ वर्षअघि गुल्मी–यूके सम्पर्क समाजले गुल्मी खैरेनी रेडक्रस शाखालाई हस्तान्तरण गरेको लु १ च ३५७७ नम्बरको यो एम्बुलेन्स चार वर्षदेखि एउटा कुनामा थन्क्याएर राखिएको छ।
एम्बुलेन्स पुरानो भएको र गुड्न नसक्ने भएका कारण मर्मत सम्भारमा खर्च गर्नुभन्दा नयाँ किन्नु उचित हुने भएकाले खरिद प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका प्रमुख पारिश्वर ढकालले बताए।
करिब आठ लाख ९२ हजार ८०० रुपैयाँमा नयाँ एम्बुलेन्स ल्याउन लागिएको गाउँपालिका बताएको छ। एम्बुलेन्स खरिदका विषयमा संघीय हेलो सरकारमा गुनासोसमेत दर्ता भएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?