ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री यादव नयाँ दिल्ली
काठमाडौं : ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’ सम्बन्धी चौथो सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन्।
विश्वका ६० देशका स्वास्थ्यमन्त्री एवं विज्ञ तथा वैज्ञानिकहरू सहभागी रहनेछन्। सम्मेलनमा स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिका विषयमा यस क्षेत्रमा काम गरिरहेका विज्ञ तथा वैज्ञानिकहरुले प्रविधिको व्यावहारिक प्रयोगका बारेमा छलफलका साथै प्रदर्शनी आयोजना गरिनेछ ।
तीन दिनसम्म चल्ने सम्मेलनमा पहिलो र दोस्रो दिन विभिन्न देशले अपनाएका नीतिगत वातावरण, चिकित्सकीय पद्धति, तथ्यपरक मूल्यांकन, साइबर सेक्युरिटी र स्वास्थ्यमा सर्वव्यापी पहुँच र दिगो विकासको लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिकाबारे छलफल गरिनेछ ।
सो कार्यक्रमको तेस्रो दिन भने प्रदर्शनीमा सहभागी हुने विभिन्न देशका सरकारी, प्राज्ञ, अनुसन्धानकर्ता, उद्योगपतिका साथै स्वास्थ्य प्रविधिका क्षेत्रमा क्रियाशील अन्तर्राष्ट्रिय प्राविधिक तथा विज्ञहरूले व्यवहारिक रुपमा प्रयोगमा ल्याइएका सूचना प्रविधिका बारेमा प्रदर्शनीको आयोजना गर्नेछन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य