वर्षा र हिमपातकाे सम्भावना, चिसाेबाट जाेगिन चिकित्सककाे सुझाव
काठमाडौं : पश्चिमी वायुको प्रभावले आइतबार देशका अधिकांश भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
शनिबार राति प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आइतबार मुलुकको अधिकांश भूभागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसमी बुलेटिनमा उल्लेख छ।
नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढेकाले आइतबार र साेमबार देशभर मौसम आंशिकदेखि पूर्ण बदली रही मंगलबार रातिदेखि बुधबार दिनभर नै पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताइन्। उनका अनुसार बिहीबारदेखि मात्रै पश्चिमी भूभागबाट क्रमशः मौसम सफा हुँदै जानेछ।
मध्याह्नदेखि तीन दिनसम्म देशको मध्य र पूर्वी पहाडी भू–भागका एकदुई स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौंको अधिकमत तापक्रम २५.५ डिग्री र न्युनतम तापक्रम ६.८ डिग्री सेल्सियस छ। सबैभन्दा बढी विराटनगरको अधिकमत तापक्रम २८.४ डिग्री सेल्सियस छ।
हिमपातका कारण चिसाे बढ्ने भएकाले स्वास्थ्यमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित हुने भएकाले विशेष ध्यान दिनुपर्ने उनीहरूकाे भनाइ छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?