बाँकेमा अझै १३ प्रतिशत हात्तीपाइले प्रभावित
बाँके : हात्तीपाइले रोग निवारणका लागि बाँकेमा नवौँ चरणमा हात्तीपाइलेविरुद्वको आमऔषधि सेवन अभियानको तयारी थालिएको छ। यही १५ गतेदेखि नवौँ चरणको अभियानअन्तर्गत हात्तीपाइलेविरुद्व औषधि खुवाइने भएको हाे।
अभियान सञ्चालनको तयारी गरिरहँदा बाँकेमा अझै १३ प्रतिशत हात्तीपाइले रोगका बिरामी रहेका छन्। यो अवस्थालाई हेर्दा बाँके जिल्ला अझै पनि हात्तीपाइले रोगको उच्च जोखिममा छ। हात्तीपाइले रोग निवारणका लागि बर्सेनि ठूलो रकम खर्च हुन्छ।
२०६७ मा शुरु भ्एको अभियानको पहिलो वर्ष ९१ प्रतिशतले हात्तीपाइलेको औषधि सेवन गरेकामा पछिल्ला वर्षहरूमा यो सङ्ख्या घटेको जनस्वास्थ्यको तथ्याङ्क छ। जनस्वास्थ्य कार्यालयले याे वर्ष शतप्रतिशतलाई औषधि खुवाउने तयारी गरेको छ।
नेपालगञ्जमा ३०० को नमूना जाँच गर्दा २५ मा हात्तीपाइले भेटिएको थियो । बैजापुरमा ३१६ को नमुना जाँच्दा १७ मा हात्तीपाइले भेटिएको थियो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?