निःशुल्क स्वास्थ्य शिविरमा ६०० ले गराए जाँच
गलेश्वर : म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा पहिलोपटक आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ६०० भन्दा बढीले सेवा लिएका छन्।
शिविरमा ४१८ महिला र १८७ पुरुषले जाँच गराएका हुन्। तीमध्ये १२२ स्त्रीरोग, नाक, कान र घाँटीका ८७, फिजिसियन १९९ र हाडजोर्नी तथा नशारोगसम्बन्धी २०७ बिरामीले विशेषज्ञ चिकित्सकबाट उपचार र सल्लाह प्राप्त गरेका शिविरको आयोजक संस्था म्याग्दी पोखरा चौतारीका उपाध्यक्ष एवं शिविरका संयोजक गोपाल घिमिरेले बताए।
म्याग्दी पोखरा चौतरीको आयोजना, ज्यामारुककोट समाज नेपाल काठमाडौँ र बेनी नगरपालिका २ को सहआयोजनामा सञ्चालन गरिएको एकदिने शिविरमा पोखराका विभिन्न अस्पतालका विशेषज्ञ चिकित्सकले बिरामीको जाँच गरेका थिए।
संयोजक घिमिरेका अनुसार २७ बिरामीलाई पोखरामै बोलाएर उपचार गरिने भएको छ । शिविरमा गौश्वारा, विमिराबोट, तमाने, भकुण्डे, फापरखेत, खवरा, बगरफाँटलगायत बागलुङ जिल्लाको चनौटे, पन्चासे र मालिकाबाट समेत बिरामी आएका थिए।
शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा भरत खत्री, स्त्रीरोग विशेषज्ञ डा. छममाया पुन, फिजिसियन डा. रोशन श्रेष्ठ, नशारोग विशेषज्ञ डा. राजन शर्मा, हाडजोर्नी विशेषज्ञ डा. सुनिल पहाडी, फिजिसियन डा. किरण तामाङ तथा नाक कान घाँटीका विशेषज्ञ डा. सञ्जय महर्जनको टोलीले बिरामीको स्वास्थ्य जाँच गरेकाे शिविरका संयोजक घिमिरेले जानकारी दिP।




किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण