सरकारी चिकित्सकद्वारा सरकारलाई ७२ घण्टे ‘अल्टिमेटम’
काठमाडाैं : कर्मचारी समायाेजनकाे विराेधमा रहेका सरकारी चिकित्सकहरूले आफूहरूको माग सुनुवाइ गर्न सरकारलाई ७२ घण्टाको ‘अल्टिमेटम’ दिएका छन्।
आइतबारदेखि ७२ घण्टामा पनि आफ्ना माग सुनुवाइ नभए बुधबारदेखि अस्पतालहरूमा अनिश्चितकालीन सेवा बहिष्कार(आकस्मिक बाहेक) गर्ने सरकारी चिकित्सक संघ नेपाल (गोदान) ले विज्ञप्ति निकाली जानकारी दिएकाे छ।
शनिबार बसेको संघको बैठकले गरेको निर्णयअनुसार हरेक दिन बिहान १० देखि ११ बजेसम्म आफूहरू कार्यरत अस्पतालहरूमा विरोध तथा धर्ना कार्यक्रम गर्ने बताएकाे छ।
यस्तै सरकारले यही फागुन १५ गते बुधबार मनाउन लागेको स्वास्थ्य सेवा दिवस बहिष्कार गर्ने र यसअघि संकलन गरिएको सरकारी चिकित्सकको सामूहिक राजीनामा पनि सरकारलाई बुझाउने अध्रयक्ष डा. दीपेन्द्र पाण्डे र महासचिव रविन खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।
‘राज्यपक्षले समस्या समाधान नगरे सम्पूर्ण सरकारी चिकित्सकको संकलित सामूहिक राजीनामा बुझाई राज्यपक्षलाई मार्गप्रशस्त गरिदिने’, संघद्वारा प्रकाशित विज्ञप्तिमा भनिएकाे छ।





व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य