काठमाडौं महानगरपालिकामा स्वास्थ्य शिविर, ५०० ले गराए परीक्षण
काठमाडौं : काठमाडौं महानगरपालिका–१ लगायत विभिन्न सामाजिक संस्थाले नक्सालमा आयोजना गरेको शिविरमा ५०० ले स्वास्थ्य परीक्षण गराएका छन्।
नियमित रूपमा स्वास्थ्य परीक्षण गर्न नसक्ने सर्वसाधारण तथा स्थानीयवासीलाई लक्ष्य गरी आयोजना गरिएको शिविरमा बीपी कोइराला लायन्स अध्ययन केन्द्र, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, फेमिली डेण्टल सोलुसनका चिकित्सकले आँखा, दाँत र सामान्य परीक्षण गरी निःशुल्क सेवा उपलब्ध गराएका हुन् ।
कार्यक्रमको शुभारम्भ गर्दै कामपाकी उपप्रमुख हरिप्रभा खड्गीले महानगरभित्र भएका निजी अस्पताल सञ्चालकले गरीब तथा विपन्न वर्गका लागि निःशुल्क उपचारका साथै सहुलियत उपलब्ध गराउनका लागि गृहकार्य भइरहेको बताइन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका वरिष्ठ चिकित्सक डा. विपीन नेपालले स्वस्थ्य जीवनका लागि शारीरिक व्यायाम गर्नुपर्ने, धूमपान तथा मदिराको सेवन गर्न नहुने बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?