वीर अस्पतालकाे नवनिर्मित भवनमा लिफ्ट चुडिँदा दुई जनाको मृत्यु
काठमाडाैं : वीर अस्पतालको नवनिर्मित भवनको लिफ्ट चुडिँदा दुई जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
बिहीबार साँझ लिफ्ट चुडिँदा भवन निमार्णका लागि खाटिएका कामदार सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। समान लोड गरिएको लिफ्ट चुँडिदा उनीहरु च्यापिएका थिए। सप्तरीकै सोभित कुमार चौधरी घाइते भएकाे प्रहरीले जनाएकाे छ।
घाइते चौधरीको उपचा राष्ट्रिय ट्रमा सेन्टरमा भइरहेको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?