सरकारी चिकित्सकको आन्दोलनमा चिकित्सक संघकाे ऐक्यबद्धता
काठमाडाैं : नेपाल चिकित्सक संघले सरकारी चिकित्सकको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।
बिहीबार विज्ञप्ति निकालेर संघले सरकारी चिकित्सकका माग अविलम्ब पूरा गर्न सरकारलाई आग्रह गरेको छ। राज्यले चिकित्सकहरूलाई बेवास्ता गर्ने र उनीहरूकाे मानमर्दन गर्ने कार्य दुर्भाग्यपूर्ण रहेको ठहर गरेकाे छ।
‘स्वाथ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यरत जिचकित्सकहरूलाई राज्यले मानमर्दन गर्ने बेवास्ता गर्ने कार्य दुर्भाग्यपूर्ण रहेको कुरा नेपाल चिकित्सक संघको ठहर छ’, महासचिव डा. लोचन कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले चिकित्सा सेवाजस्तो सेवामुखी पेशाप्रति आकर्षण घटाउनुका साथै हाल कार्यरत चिकित्सकहरूकाे मनोबल घटाउने भएकाले समस्याको यथाशीघ्र सम्बोधन गर्न संघ जोडदार अपिल गर्दछ।’






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण