याे वर्षभित्र थप नाै जिल्लामा स्वास्थ्य बिमा
काठमाडौं : स्वास्थ्य बीमा बोर्डले चैत मसान्तभित्रमा थप नौ जिल्लामा बिमा कार्यक्रम सञ्चालन गर्ने भएको छ। ती जिल्ला स्याङ्जा, दार्चुला, कञ्चनपुर, हुम्ला, मुगु, बाँके, डोल्पा, सङ्खुवासभा र मोरङ हुन्।
स्याङ्जा जिल्लामा इतबार बिमा कार्यक्रमको शुरु हुँदैछ। सिराहा र धनुषा जिल्लामा हालैमात्र बीमा कार्यक्रम आरम्भ भएको थियो। नवनियुक्त बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले सो जानकारी दिँदै सबै जिल्लामा बिमाको कार्यक्रम सञ्चालन हुने बताए।
संविधानको धारा ३५ मा आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकार रहेको छ। यही अधिकारलाई कार्यान्वयनमा ल्याउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिमा कार्यक्रमलाई उच्च प्राथमितामा राख्दै सबै जिल्लामा बिमाका कार्यक्रममार्फत् आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जनतालाई ल्याउने नीति लिएको छ।
वर्तमान सरकारको नीति तथा कार्यक्रम एवं बजेटमा चालु आवभित्र सबै जिल्लामा बिमा कार्यक्रम सञ्चालन गर्ने रहेको छ । हालसम्म विभिन्न ३८ जिल्लामा बिमा कार्यक्रममार्फत् १७ लाख भन्दा बढी बिमित भइसकेको बोर्डले जनाएको छ। ०७४ मा यो सङ्ख्या करिब सात लाख मात्र रहेको थियो।
बोर्डका अनुसार बिमामा आबद्ध हुने घरपरिवारको सङ्ख्या करीब चार लाखमाथि उक्लिएको छ। बीमितबाट एक अर्ब रूपैयाँमाथि सङ्कलन भइसकेको बिमित महिलाको सङ्ख्या आठ लाख ५० हजारमाथि रहेको, अति गरिबको निःशुल्क बिमित सङ्ख्या करीब एक लाख ९१ हजार रहेको छन्। गरीबी परिचयपत्रका आधारमा सरकारले अति गरिबको बिमा रकम शतप्रतिशत छुट प्रदान गर्छ।
पाँच जनासम्मको परिवारले वार्षिकरूपमा प्रतिपरिवार दुई हजार ५०० तिर्दा ५० हजार रूपैयाँसम्मको सेवा सुविधा पाइने बिमा कार्यक्रममा रहेको छ। कार्यक्रमबाट आकस्मिक, औषधि, प्रयोगशाला, शल्यक्रिया र अन्तरङ्ग सेवा पाइने बोर्डले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण