औषधि व्यवस्था विभागका महानिर्देशक ढकालसँग स्वास्थ्य मन्त्रालयले माग्याे स्पष्टीकरण
काठमाडौं : औषधि व्यवस्था विभाग (डीडीए) का महानिर्देशक नारायणप्रसाद ढकालसँग स्वास्थ्य मन्त्रालयले स्पष्टीकरण मागेको छ। ढकालले नियम मिचेर राष्ट्रिय औषधि प्रयोगशालामा निमित्त प्रमुख नियुक्त गरेको विषयमा मन्त्रालयले स्पष्टीकरण मागेको हो ।
शुक्रबार मन्त्रालयले पत्र पठाउँदै महानिदेशक ढकालसँग स्पष्टीकरण मागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए।
ढकालले गत पुस ३० गते सिनियर डिभिजनल केमिष्ट शैलेशकुमार झालाई राष्ट्रिय औषधि प्रयोगशाला बबरमहलमा निमित्त प्रमुख नियुक्ति दिएका थिए। निमित्त प्रमुख झालाई प्रयोगशालाको आर्थिक र प्रशासनिक अधिकारसमेत दिइएको छ। सामान्यतया निमित्तको जिम्मेवारीमा भएकालाई सामान्यतया आर्थिक अधिकार दिइँदैन ।
११ औँ तहका कर्मचारी महानिर्देशक ढकालले ११औँ तहकै निमित्त प्रमुखमा झालाई नियुक्त गरेका हुन्। समान तहको कर्मचारीले समान तहमै नियुक्त गर्न मिल्दैन। त्यसैले ढकालले पदको दुरुपयोग गरेको आरोप लागेको छ।
व्यवस्थापन महाशाखाले वरिष्ठताका आधारमा निमित्त प्रमुख तोक्न मन्त्रालयसमक्ष सिफारिस गर्ने भने पनि त्यसाे नगरी ढकाल आफैँले निमित्त प्रमुख नियुक्त गरेका हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण