Health TV Online
Health TV Online
Health TV Online

आयुर्वेदिक औषधिमा सर्वसाधारणको विश्वास बढ्दो

आयुर्वेदिक औषधिमा सर्वसाधारणको विश्वास बढ्दो

पाल्पा : रामपुर नगरपालिका–५ मटेरीका ६८ वर्षीय वृद्ध रितुनाथ गौतमको घरमा अचेल  आयुर्वेदिक औषधि किन्ने ग्राहकको घुइँचो छ।

उनी १८० प्रकारका जडीबुटी सङ्कलन गरी आयुर्वेदिक औषधि बनाउँछन्। पाखनबेद, तुलसी, बेल, यार्सागुम्बा, टिमुर, ज्वानो, लसुन, हर्रोबर्रो, अमला र शिलाजितलगायतका घरायसी जडीबुटीबाट उनी आयुर्वेदिक औषधि बनाउँछन्।

गौतमको घरमा दैनिक २० भन्दा बढी ग्राहकले नियमित औषधि सेवन गरिरहेका छन्। तराई, हिमाली र पहाडी क्षेत्रबाट सङ्कलित जडीबुटीबाट औषधि बनाउने गरिएको छ।  गानोगोला, ग्यास्ट्रिक, महीनावारी अनियमितता, बच्चा नपाउने समस्याका बिरामीले आयुर्वेदिक औषधि खोजीखोजी लैजाने गर्छन्।

गौतमले आफैँले ओखलमा कुटेर औषधि बनाउँछन। ‘औषधि बनाउन थालेको १८ वर्षभन्दा बढी भयो, ग्राहक आइरहेका छन्, व्यावसायिक रूपमा नै औषधि उत्पादन गरिरहेको छु’, उनले भने, ‘आँगनमा दिनभर बसेर औषधि बनाउने र बिक्री गर्दा समय गएको पत्तो हुँदैन।’

गौतमको औषधिको माग स्थानीय स्तरमा मात्र होइन, बाहिरबाट पनि हुने गरेको छ। ‘अहिले त गाउँघरमा मात्र नभई, विदेशतिरबाट पनि माग आउन थालेको छ।औषधि बनाउन भ्याइनभ्याइ छ’, उनले भने। भारत, साउदी अरब, कतारलगायतका विभिन्न स्थानमा खरिद गरेर नेपालीले औषधि लैजाने गरेका गौतमले सुनाए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार