Health TV Online
Health TV Online
Health TV Online

सार्क क्षयरोग तथा एचआईभीसम्बन्धी संसदीय बैठक वैशाखमा

सार्क क्षयरोग तथा एचआईभीसम्बन्धी संसदीय बैठक वैशाखमा

काठमाडौं : सार्क क्षेत्रबाट क्षयरोग तथा एचआईभी नियन्त्रण गर्न सहयोग गर्ने ध्येयले आगामी वैशाख १९ र २० गते काठमाडौँमा सार्क संसदीय बैठक आयोजना हुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समिति तथा सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रको संयुक्त आयोजनामा पहिलोपटक नेपालमा  बैठक आयोजना हुन लागेको बताइएको छ।

बैठकमा ती रोगको अवस्था, रोग नियन्त्रणका लागि लगानी अभिवृद्धि, आवश्यक अन्तरदेशीय ऐन नियम तथा क्षयरोग तथा एचआईभीको सेवाहरुको अटुट प्रवाहमा अन्तरसम्बन्धका विविध क्षेत्रमा छलफल हुने जनाइएको छ ।

क्षयरोग तथा एचआईभीको क्षेत्रमा दातृ निकायको सहयोग घट्दै गएको अवस्थामा सरकारी लगानी बढाउनका लागि पैरवीसमेत गरिने छ। बैठकमा सार्क क्षेत्रका स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारी पनि सहभागी हुनेछन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार