Health TV Online
Health TV Online
Health TV Online

जाजरकोटका २४ मुटुरोगीलाई गङ्गालालमा रिफर

जाजरकोटका २४ मुटुरोगीलाई गङ्गालालमा रिफर

जाजरकोट : जाजरकोटमा मुटुरोगीको सङ्ख्या अत्यधिक देखिएको छ। जाजरकोट जिल्ला अस्पतालका मेडिकल अधिकृत भूपेन्द्रप्रकाश मल्लले हालै सञ्चालित एकदिने स्वास्थ्य शिविरमा आएका बिरामीमध्ये ४२ जनामा मुटुको समस्या देखिएकोे बताए।

शिविरमा ८४२ जनाले मुटुको परीक्षण गराएका थिए भने ३१० जनाले इको र ४५० जनाले ईसीजी गराएका थिए। तीमध्ये एक सय जनामा मुटुसम्बन्धी कुनै न कुनै प्रकारको समस्या देखिएको थियो । भरपर्दो स्वास्थ्य सेवाको अभावमा जिल्लाका दुर्गम गाउँवासीले साधारण औषधि पनि पाइरहेका छैनन् ।

‘एकैपटक यति धेरै बिरामी उपचारका लागि सिफारिश गरिएको यो नै पहिलो पटक हो’, डा. मल्लले भने, ‘परीक्षणको अवस्था हेर्दा जाजरकोटका धेरै मानिसमा मुटुसम्बन्धी रोगको ठूलो समस्या रहेकोे छ।’

जिल्ला अस्पतालले सिफारिश गरेका बिरामीहरूको निःशुल्क उपचार शहीद गङ्गालाल हृदयरोग केन्द्रमा गरिनेछ भने बिरामी र एकजना कुरुवालाई आउने जाने खर्चको व्यवस्था समेत मिलाइएको छ । सो खर्च जयन्ती स्मृति ट्रष्ट सम्मान फाउण्डेसनले ब्यहोर्ने जनाइएको छ।

मुटुसम्बन्धी जटिल समस्या देखिएका २४ जनालाई थप उपचारका लागि काठमाडौँ सिफारिश गरिएको हो। चारजनाको भल्भ फेर्नुपर्ने, चारजनामा मुटुको बाथरोग, मुटुमा प्वाल परेका (यूएसडी र एएसडी गरी)  १० जना, पेसमेकर राखिएका एकजना, टीएमटी एक जना, एन्जियोग्राम दुईजना, पत्ता नलागेर थप परीक्षण गर्नुपर्ने दुई जना गरी २४ जनालाई सिफारिश गरिएको डा. मल्लले जानकारी दिए।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

नवौं नेपाल फर्मा एक्स्पो सम्पन्न

नवौं नेपाल फर्मा एक्स्पो सम्पन्न