चैतमा राष्ट्रिय परिवार योजना सम्मेलन हुने
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको आयोजनामा राष्ट्रिय परिवार योजना सम्मेलन हुने भएको छ। शुक्रबार महाशाखाले पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो।
आगामी चैत ४ र ५ गते राजधानीमा हुने सम्मेलनले नेपालमा परिवार योजनाको हालको अवस्था र आगामी योजनाका लागि मार्गनिर्देश गर्ने महाशाखा प्रमुख डा. आरपी बिच्छाले जानकारी दिए।
‘सम्मेलनमा विभिन्न विषयवस्तुमा गरी ५० भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन्’, उनले भने, ‘जसमा हालसम्म परिवार योजनाको पहुँचबाहिर रहेकालाई कसरी सम्बोधन गर्ने भन्ने छलफल हुनेछ।’
नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको संख्या केही वर्षदेखि स्थिर रहेपछि सरकारले सम्म्मेलन गरी पहुँच बाहिर रहेकालाई समेट्ने तयारी गरेको हो।
नेपालमा हाल ५३ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको तथ्यांक छ भने त्यसमा पनि आधुनिक साधन प्रयोग गर्ने ४३ प्रतिशत मात्र छन्। यसैगरी सन् १९९६ मा सरदर एक महिलाले ४.६ जना बच्चा जन्माउँथे भने २०१६ मा यो संख्या घटेर २.३ पुगेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?