Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चैतमा राष्ट्रिय परिवार योजना सम्मेलन हुने

चैतमा राष्ट्रिय परिवार योजना सम्मेलन हुने

 काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको आयोजनामा राष्ट्रिय परिवार योजना सम्मेलन हुने भएको छ। शुक्रबार महाशाखाले पत्रकार सम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो।

आगामी चैत ४ र ५ गते राजधानीमा हुने सम्मेलनले नेपालमा परिवार योजनाको हालको अवस्था र आगामी योजनाका लागि मार्गनिर्देश गर्ने महाशाखा प्रमुख डा. आरपी बिच्छाले जानकारी दिए।

‘सम्मेलनमा विभिन्न विषयवस्तुमा गरी ५० भन्दा बढी कार्यपत्र प्रस्तुत हुनेछन्’, उनले भने, ‘जसमा हालसम्म परिवार योजनाको पहुँचबाहिर रहेकालाई कसरी सम्बोधन गर्ने भन्ने छलफल हुनेछ।’

नेपालमा परिवार नियोजनका साधन प्रयोग गर्नेहरुको संख्या केही वर्षदेखि स्थिर रहेपछि सरकारले सम्म्मेलन गरी पहुँच बाहिर रहेकालाई समेट्ने तयारी गरेको हो।

नेपालमा हाल ५३ प्रतिशतले मात्र परिवार नियोजनका साधन प्रयोग गर्ने गरेको तथ्यांक छ भने त्यसमा पनि आधुनिक साधन प्रयोग गर्ने ४३ प्रतिशत मात्र छन्। यसैगरी सन् १९९६ मा सरदर एक महिलाले ४.६ जना बच्चा जन्माउँथे भने २०१६ मा यो संख्या घटेर २.३ पुगेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन