Health TV Online
Health TV Online

बलिउड अभिनेत्री सबाना आजमीलाई स्वाइन फ्लु

बलिउड अभिनेत्री सबाना आजमीलाई स्वाइन फ्लु

काठमाडाैं : बलिउड अभिनेत्री सबाना आजमीलाई स्वाइन फ्लु भएकाे छ। रुघाखोकीले सताएपछि नियमित उपचार गरिरहेकी उनलाई उपचारकै क्रममा डाक्टरले स्वाइन फ्लु भएको पुष्टि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

उनलाई मुम्बईको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ।  ‘मुस्किलले मानिसहरूले आत्मनिरीक्षण गर्ने मौका पाउँछन्। त्यसैले मैले यसलाई ब्रेकका रूपमा लिएको छु’, अस्पताल भर्ना भएपछि उनले भनेकी छिन्, ‘म अस्पतालमा भर्ती भएको छु। मेरो स्वास्थ्यमा तेजसँग सुधार हुनेछ।’

१२० भन्दा बढी हिन्दी तथा बंगाली फिल्म खेलेकी  सबाना चर्चित भारतीय शायर कैफी आजमीकी छोरी हुन्। उनका पति जावेद अख्तर पनि प्रसिद्ध गीतकार हुन्।

थप समाचार