बलिउड अभिनेत्री सबाना आजमीलाई स्वाइन फ्लु
काठमाडाैं : बलिउड अभिनेत्री सबाना आजमीलाई स्वाइन फ्लु भएकाे छ। रुघाखोकीले सताएपछि नियमित उपचार गरिरहेकी उनलाई उपचारकै क्रममा डाक्टरले स्वाइन फ्लु भएको पुष्टि गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
उनलाई मुम्बईको एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ। ‘मुस्किलले मानिसहरूले आत्मनिरीक्षण गर्ने मौका पाउँछन्। त्यसैले मैले यसलाई ब्रेकका रूपमा लिएको छु’, अस्पताल भर्ना भएपछि उनले भनेकी छिन्, ‘म अस्पतालमा भर्ती भएको छु। मेरो स्वास्थ्यमा तेजसँग सुधार हुनेछ।’
१२० भन्दा बढी हिन्दी तथा बंगाली फिल्म खेलेकी सबाना चर्चित भारतीय शायर कैफी आजमीकी छोरी हुन्। उनका पति जावेद अख्तर पनि प्रसिद्ध गीतकार हुन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य