गर्भवतीलाई नुन र सुत्केरीलाई तेल
रुकुम पूर्व : सिस्ने गाउँपालिकाले मातृ मृत्युदर र शिशु मृत्युदर कम गर्नका लागि भन्दै गर्भवतीलाई नुन र सुत्केरीलाई तेल उपहार दिने गरेको छ।
यहाँका सबै स्वास्थ्य चौकीमा गर्भ जाँच गराउन आउनेलाई नुन र सुत्केरी हुन आउनेलाई तेल उपहार दिने गरिएको हो । सरकारले घोषणा गरेको आमा सुरक्षा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यो अभियान शुरु गरिएको सिस्ने गाउँपालिकाका स्वास्थ्य संयोजक धनबहादुर केसीले बताए ।
नुन र तेल उपहार पाउनका लागि एक गर्भवतीले कम्तीमा चार पटक अनिवार्य गर्भवती जाँच गराउनुपर्ने र स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्नेलगायतका मापदण्ड पूरा गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।
गर्भवती महिलाले एक पटक गर्भ जाँच गराएमा एक पोका, दुई पटक गराएमा दुई पोका र चार पटकसम्म गराएमा चार पोका आयोडीनयुक्त नुन उपहार दिने गरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले जानकारी दिइन्।
आयोडीनको कमिले धेरैमा समस्या देखिएकोले गर्भ जाँच गर्न स्वास्थ्यचौकीमा आउने हरेक गर्भवती महिलालाई आयोडिनयुक्त नुनको पोका उपहार दिन थालिएको उनले बताइन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य