बेलायतका किशाेरकिशाेरीमा बढ्दाे मानसिक समस्या
बेलायतका ६० हजार भन्दा बढी किशोर किशोरीहरू मानसिक तनावका कारण नशालु पदार्थ प्रयोग गर्ने गरेको पाइएको छ ।
अक्सफोर्ट विश्वविद्यालय र म्याकगिल विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले सात प्रतिशतको दरले किशोर किशोरीहरूमा मानसिक तनाव र आमहत्याको खतरा बढेको तथ्याङ्क देखाएका हुन् ।
अध्ययनका अनुसार मानसिक तनावमा पर्ने किशोरकिशोरीहरूको संख्या अमेरिकामा झण्डै चार लाख छ भने क्यानडामा २५ हजार छ ।
यो अध्ययन प्रतिवेदन तयार पर्दा अनुसन्धानकर्ताहरूले झण्डै १५ वर्षदेखिको ११ वटा अन्तर्राष्ट्रिय अध्ययन प्रतिवेदनको समेत विश्लेषण गरेको जनाएका छन् ।
अध्ययनका क्रममा २३ हजार ३१७ जनालाई सहभागी गराएको पनि प्रतिवेदनमा उल्लेख छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?