Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

तुलसीपुर उपमहानगरमा सुत्केरीलाई पाँच हजार भत्ता

तुलसीपुर उपमहानगरमा सुत्केरीलाई पाँच हजार भत्ता

दाङ : तुलसीपुर उपमहानगरपालिकामा ८४४ महिलाले सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत सुत्केरी प्रोत्साहन भत्ता पाएका छन्।

साउनदेखि माघसम्ममा १९ लाख ८९ हजार सुत्केरी प्रोत्साहन भत्ता वितरण गरिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चिकित्सक गोकर्ण दाहालले जानकारी दिए।

उनका अनुसार सो सुविधा प्राप्त गर्न उपमहानगरपालिकाको स्थायी बासिन्दा हुनुपर्ने, चारपटक अस्पतालमा गई गर्भ जाँच गराउनुपर्ने, सरकारी अस्पतालमा सुत्केरी भएर बच्चा जन्मेको ३५ दिनभित्र जन्मदर्ता गरेको हुनुपर्ने, सुत्केरी भएर २४ घण्टा, तीन दिन र सात दिनभित्र स्वास्थ्य संस्थामा गई जाँच गराएको हुनुपर्ने लगायतका मापदण्ड राखिएकाे छ।

ती सबै प्रक्रिया पूर गरे आएका सुत्केरीलाई सरकारबाट प्रदान गरिने एक हजार ८०० मा उपमहानगरपालिकाले रु तीन हजार २०० थप गरेर प्रति सुत्केरीलाई पाँच हजार भत्ता प्रदान गर्ने गरेको जानकारी दिए।

उपमहानगरपालिकाले सुत्केरी भत्ता वितरण गर्न थालेपछि अहिले नियमित गर्भ जाँच र अस्पतालमा सुत्केरी गराउने सङ्ख्या बढेको पनि डा. दाहालले बताए।  गत आर्थिक वर्षमा तुलसीपुर उपमहानगरपालिकाबाट एक हजार ५०५ महिलाले सुत्केरी प्रोत्साहन भत्ता प्राप्त गरेका थिए ।

उपमहानगरपालिकाले सो भत्ता वितरण गर्न थालेपछि गत सालबाट नै मातृशिशु मृत्युदरमा कमी आएको डा. दाहालले बताए। डा. दाहालका अनुसार आर्थिक वर्ष ०७४\७५ मा नेपालको मातृशिशु मृत्युदर प्रतिलाख २३९ रहेकामा तुलसीपुरको मातृशिशु मृत्युदर ४५ प्रतिशत प्रतिलाख  छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

सिगरेटको विकल्प ई -सिगरेट होइन

सिगरेटको विकल्प ई -सिगरेट होइन